ओली नेतृत्वको कम्युनिष्ट सरकारलाई ‘धुर्मुस’ले यसरी दिए टक्कर

काठमाडौं । भूकम्प पीडित र मुसहर समुदायलाई नमूना बस्ती निर्माणपछि हस्तान्तरण गरेर चर्चा कमाएका हाँस्य कलाकार सीताराम कट्टेल अर्थात ‘धुर्मुस’ले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रंगशाला बनाउने भनेर चर्चामा आएका छन् ।

चर्चा मात्रै होइन कट्टेलले आधा दर्जनभन्दा धेरै स्थानमा पुगेर जग्गा हेरेका छन् ।

सरकारले काठमाडौंको गोकर्णमा निर्माण गर्दै गरेको क्रिकेट रंगशालाले पूर्णता पाउन सकेको छैन । त्यो रंगशालाका लागि राज्यको करोडौं रुपियाँ खर्च भइसकेको छ ।

कर्मचारी र ठेकेदारको ढिलासुस्ती तथा रंगशालामा भएको भ्रष्टाचारका कारण एकमात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला अहिलेसम्म निर्माण हुन नसकेको हो ।

हाँस्य कलाकार कट्टेलले अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला बनाउँछु भनेर घोषणा गरेका छन् । उनको नियमतमा खोट नहुन सक्छ ।

तर, राज्यका जिम्मेवार निकायले पत्रकार सम्मेलन गरेरै कट्टेललाई जग्गा दिन्छौँ भनेर घोषणा गरेका छन् । विकास गर्छु भनेर जनतामा बाचा गरेर जितेर आएका ती जनप्रतिनिधिहरूले आफैले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान वा त्यस्तै खालका संरचना किन बनाउँन सक्दैनन् भनेर क्षमतामाथि प्रश्न उठेको छ ।

कट्टेलले काठमाडौं, भक्तपुर, भैरहवा, चितवन र पछिल्लो समय पोखरा पुगेर जग्गाको अवलोकन गरिरहेका छन् ।

क्रिकेटका फ्यानहरू नेपालमा दिन प्रतिदिन बढ्दै गएका छन् । हालै नेपाली क्रिकेट टिमले हासिल गरेको उपाधिले पनि नेपाली क्रिकेट फ्यानलाई खुसी थपिदिएको छ । यही मौका छोपेर हाँस्य कलाकार कट्टेलले क्रिकेटको रंगशाला बनाउने घोषणा गरेका हुन् ।

कलाकार कट्टेलको काम गर्ने शैलीप्रति कसैको विमती छैन । उनले गरेका कामहरूको सबैले प्रशंसा गर्नुपर्छ । तर, उनले जसरी राज्यलाई चुनौती दिने गरेर एकपछि अर्को कामको घोषणा गर्दै गएका छन् त्यसले कम्युनिष्ट सरकारलाई लाज लाग्नु पर्ने हो ।

तर, प्रधानमन्त्री केपी ओली, खेलकुद मन्त्री, रंगशालाका लागि जग्गा देखाउँदै हिँड्ने मुख्यमन्त्री र मन्त्री तथा भरतपुर महानगरपालिकाको मेयरको कार्यले नेपाली जनताको शिर झुकाएको भनेर चर्चा हुन थालेको छ ।

राज्य आफैले बनाउँदै गरेको रंगशालालाई समयमा सम्पन्न गर्नेतिर नलागेर हाँस्य कलाकार कट्टेललाई जग्गा देखाउँदै हिँड्ने प्रवृत्तिले नेपालको राजनीतिक नेतृत्व र कर्मचारी प्रशासन कस्तो कमजोर छ भनेर देखाएको छ ।

राज्यको जिम्मेवार निकायले काम गर्न सक्दैन भनेर हाँस्य कलाकार कट्टेललाई प्रधानमन्त्री, मन्त्री र अन्य जनप्रतिनिधिहरूले सबै जिम्मेवारी दिए हुन्छ । होइन भनेर कट्टेललाई जग्गा देखाउने होइन राज्यका जिम्मेवार निकायले आफै काम गर्नुपर्छ ।

हाँस्य कलाकार कट्टेल पनि के कम ? राज्य कमजोर भएका बेला चर्चा कमाउन अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भनेर हिँडेका छन् ।

उनी ठाउँ–ठाउँमा गएर जग्गा हेरेका छन् । मिडियामा सेलिब्रेटी बनेका छन् । कीर्तिपुरमा जग्गा हेरेपछि अब कैत जग्गा हेर्दैन भनेका कलाकार कट्टेल पोखरा पुगेर जग्गाको अवलोकन गरेका छन् ।

Published : Saturday, 2018 April 7, 4:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया