रक्सीले मात्तिएको छोरो बचाउन सिडिओको दवाव, छुरा हानाहान

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको एउटा डान्स क्लवमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मोहनबहादुर जिसीको छोरा दिनेश जिसीले बाबुको पावर देखाउँदा झडप भएको छ ।

दिनेश जिसी आफ्नो जन्मदिनको पार्टी मनाउन दलबलसहित दरबारमार्गस्थित ‘भिक्ट्री’ क्लव पुगेका थिए । रक्सी पिएर मात्तिएका दिनेश जिसीसहित समूहले अर्जुन तामाङ समूहलाई बाबुको पावर देखाएर दुरव्यवहार गरेपछि झडप भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ‘भिक्ट्री’ क्लवका सुरक्षाकर्मीले दुबै समूहलाई सम्झाएर झगडा गर्न दिएको थिएन । तर, अर्जुन तामाङ नेतृत्वको समूहले दिनेश जिसी समूहलाई काठमाडौंको हात्तिसारमा रोकेर क्लवमा भएको घटनाका बारेमा छलफल गर्न खोजेको थियो । सिडिओका छोरा दिनेश जिसीले बाबुको पावर देखाउँदै आक्रमण गरेपछि अर्जुन तामाङ समूहले छुरा प्रहार गरेर घाइते बनाइदिएको स्रोतले जनाएको छ ।

जिसी समूहलाई छुरा प्रहार गर्नेहरूमा सिन्धुपाल्चोकका अर्जुन तामाङ, काभ्रेका संजय श्रेष्ठ, काठमाडौंका राहुल घिमिरे, सिन्धुपाल्चोकका समुन्द्र गुरुङ, सिन्धुपाल्चोककै विराट गुरुङ, सोलुखुम्बुका नुरु शेर्पा र सिन्धुपाल्चोकका विपिन कोइराला रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैलाई प्रहरीले पक्राउ गरेर राखेको छ । उनीहरूको साथबाट छुरा पनि बरामद भएको जनाइएको छ ।

मंगलबार बिहान एक बजे ‘भिक्ट्री’ क्लवमा डान्स गर्ने क्रममा झगडा भएको थियो । हात्तिसार नजिकै पुगेपछि बाटो छेकेर बसेका अर्जुन तामाङ समूहले जिसी समूहमाथि छुरा प्रहार गरेको दाबी प्रहरीको छ । तर, अर्जुन तामाङ समूहले दिनेश समूहले आफूहरूलाई आक्रण गरेकाले प्रतिकार गर्दा छुरा लागेको दाबी गरेको छ ।

झडपका क्रममा जिसी समूहका प्रजिन राई, विपिन पौडेल, समिरविक्रम थापा र राजाराम घिमिरे घाइते भएका छन् । सिडिओ जिसीका छोरा दिनेश जिसी भने सकुशल रहेको बताइएको छ । सिडिओ जिसीका छोरा दिनेशलाई बचाउन विभिन्न खेल सुरु भएको छ ।

छोरा दिनेश जिसी नेतृत्वको समूहमाथि छुरा प्रहार भएको थाहा पाउनेवित्तिकै सिडिओ मोहनबहादुर जिसीले दरबारमार्गका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्ललाई फोन गरे आफ्ना छोराहरूको समूहमाथि आक्रमाथि हदैसम्मको कारबाही गर्न आदेश दिएको प्रहरी स्रोतले जनाएको छ ।

Published : Tuesday, 2018 May 1, 8:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया