काठमाडौंमा गाडीभित्रै भेटियो पेस्तोल

काठमाडौं । बसुन्धरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भयो । बा३ च १६५४ नम्वरको जिप र बा ४० प ५७७७५ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा पुतलीबजार ३ घरभएका २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।

शनिबार राति ठक्कर दिने जिप चेकजाँच गर्ने क्रममा प्रहरीले गाडीबाट पेस्तोल बरामद गरेको छ । महानगरीय प्रहरी बतृ महाराजगञ्जबाट खटिएको टोलीले चालक सुमन थापालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

उनका साथबाट प्रहरीले ‘Auto Pistol USA’ लेखिएको पेस्तोल थान १, र ‘१K.F 7.65’ लेखिएको म्याग्जिन एक थान तथा तीन राउण्ड गोली फेला परेको हो ।

Published : Sunday, 2018 May 6, 12:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया