किङग्स लाउण्ड क्यासिनोमा प्रहरीको छापा

धनगढी । धनगढीको साथी होटलमा रहेको किङग्स लाउण्ड क्यासिनोमा आइतबार साँझ प्रहरीले छापा हानेको छ ।

मुद्रा अफचलन गरेको पाईएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाको नेतृत्वमा गएका टोलीले साढे १० लाख बढी भारतीय रुपैयाँ जफत गरेको छ ।

नेपालमा प्रतिवन्धित पाँच सय र दुई हजार दरका भारतीय नोट जफत गरिएको बुढामगरले बताए।‘नेपालमा प्रतिवन्धित पाँच सय र दुई हजारका भारतीय रुपैयाको अवैध रुपमा कारोवार गरेको भन्दै आईतवार साथी होटलमा छापा हानेका हौ’, प्रवक्ता बुढा मगरले भने, ‘क्यासिनोबाट १० लाख भारतीय रुपैया जफत गरेका छौ ।’

अवैध रुपमा प्रतिवन्धित भारतीय नोटहरुको कारोवार गर्दै जुवातास खेलाईरहेको पाईएपछि क्यासिनोका म्यानेजर सुजन दाहाललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

आइतवार भारतमा विदा हुने भएकोले ठूलो संख्यामा सिमावर्ती बजारबाट भारतीयहरु नेपालमा क्यासिनो खेल्न आउने गरेका छन् । यही मौका छोपेर प्रहरीले छापा हानेको हो ।

क्यासिनोले मुद्राको अफचलन गरेकोले सो अनुसार कारवाही हुने घिमिरेले बताए ।जफत गरिएको भारतीय प्रतिवन्धित रकम सहित क्यासिनोका म्यानेजरलाई आन्तरिक राजश्व कार्यालय कैलालीमा वुझाइने तयारी प्रहरीले गरेको छ ।

Published : Monday, 2018 May 7, 11:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया