यी हुन् नेपाल डुबाउन खोज्ने मान्छे

काठमाडौं । प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेपछि नेपालमै नक्कली नोट छापिने गरेको खुलासा भएको छ ।

चाबहिल बस्ने धादिङका प्रकाश सुवेदीले जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक भक्तपुरका विकेश नापितलाई नोट छाप्न दिएको महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

नोट नापितकै प्रेसमा छापिएको अनुसन्धानमा खुलेको छ । नोट छाप्न प्रयोग भएको प्लेटसमेत प्रहरीले प्रकाश सुवेदीको प्रेस नवज्योति प्रिन्टिङ प्रेसको कार्यालयमा बरामद गरेको छ । ४ वटा प्लेट प्रहरीले जफत गरेको छ ।

नक्कली नोट बजारमा ल्याउनेको सञ्जालमा प्रहरीको पञ्जा पर्दा फिल्म निर्माता माधवराज वाग्लेको कठालोसम्म पुग्यो । उनको कोठामा १ हजार दरका नक्कली नोट फेला पर्‍यो जुन सबैभन्दा बढी परिणामको थियो । उनको कोठाबाट प्रहरीले २ करोड ५२ लाख रुपैयाँ जफत गर्‍यो ।

२४ वर्षीय महेन्द्र बोगटीले काठमाडौ महानगरपालिका २६ मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा दिएको नोट नक्कली रहेको पहिचान भयो । लगत्तै खाजाघरका सञ्चालकले महानगरीय प्रहरी प्रभाग गोंगबुमा खबर गरेका थिए । प्रहरीले तत्काल उनलाई पक्राउ गरी सोधपूछ थाल्यो ।

उनीसँग १ लाख २० हजार नक्कली रुपैयाँ फेला पर्‍यो। उनकै सूचनाका आधारमा लुभु बस्ने २४ वर्षका सुजित तामाङ र १९ वर्षीय साजन तामाङको कोठामा ७ लाख ४३ हजार रुपैयाँ फेला पर्‍यो ।

बुधबार निर्देशक वाग्लेको घरमा छापा मारिएको थियो । प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठामा सबैभन्दा धेरै नक्कली नोट फेला परेको हो ।

वाग्लेले फिल्मको सुटिङका लागि नोट ल्याएको बयान प्रहरीलाई दिएका छन् । एसएसपी पोखरेलले भने गलत प्रयोजनका लागि नोटको प्रयोग गरिएको दावी गरे ।

Published : Wednesday, 2018 May 16, 10:47 pm

1 प्रतिकृया प्राप्त “यी हुन् नेपाल डुबाउन खोज्ने मान्छे”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया