अर्को सुनकाण्ड बाहिरियो, प्रहरीका असई पक्राउ
काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक विशाल खड्का एक किलो सुन तथा नगद लुटेको आरोपमा पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक खड्कालाई करिब एक महिना अगाडिको लुटपाट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३.१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेका थिए । पूर्वयोजना अनुरुप व्यवसायीलाई रेकी गरेर उनीहरूले लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न ७ जनामध्ये चार जना फरार रहेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन थापाले बताए ।
घटनामा संलग्न अभिनाश शाह र प्रवीन गिरीलाई यसअघि नै काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ ।
यसमा तपाइको मत