३३ किलो सुनकाण्डका एसएसपी खत्रीले दिए विश्वासै गर्न नसकिने बयान

काठमाडौं । ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्रीले आफू निर्दोश रहेको दाबी गर्दै बयान दिएका छन् ।

फरार रहेका एसएसपी खत्री भाग्दै हिँडेका थिए । नेपाल प्रहरीले पक्राउ गर्न रेडर्कनर नोटिस जारी गरेपछि डराएर खत्रीले बिहीबार अदालत समक्ष आत्मसमर्पण गरेका हुन् । अदालतमा उनले चुडामणि उप्रेती गोरेले आफूलाई नटेर्ने र सुनकाण्डमा आफ्नो संलग्नता नै नभएको दाबी गरेका छन् ।

‘डीआईजीको मान्छे भनेर गोरेले मलाई टेर्दैनथे, उल्टो मलाई हप्काउँथे सुनै भेटिएको छैन, के को तस्कर ?’, उनले भने, ‘एयरपोर्टबाट सुन तस्करी भएको कुरा मलाई थाहा छैन, मेरो संलग्नता पनि छैन मैले कमिसन लिएको कुरा पनि झुटो हो ।’

दुई महिनासम्म फरार रहेका खत्री घटना छानबिन गर्न बनेको समितिले घरमा छापा मारेपछि अदालत पुगेका हुन् ।

प्रहरी स्रोतका अनुसार केही दिनअघि प्रहरी टोलीले भक्तपुर, लोकन्थलीमा रहेको खत्रीको घरमा छापा हानेको थियो । कोटेश्वरमा खत्रीका आफन्त र पेप्सीकोलास्थित उनका सालाको घरमा समितिले खोजतलास गरेको थियो ।

खत्रीका साला सशस्त्र प्रहरी निरीक्षक हुन् । उनैले घरमा खत्री बसेको हुन सक्ने ठानेर प्रहरीले खोजतलास गरेको थियो ।

स्रोतले भन्यो, ‘श्याम खत्रीलाई खोज्न धेरै प्रयास गरिएको थियो, बाहिर भाग्न नपाओस भनेर विभिन्न निकायसँग समन्वय समेत गरिएको थियो, पक्राउ पर्ने डरले उनी आफैं अदालत गए ।

मुख्य अभियुक्त गोरेले बयानमा आफू भन्दामाथि खत्री रहेको बताएका थिए । समितिले पछिल्ला ५ वर्षमा त्रिभुवन विमानस्थलबाट भएको ३८ सय किलो तस्करी भएको प्रतिवेदनमा उल्लेख गरेको छ । पाँच वर्षमा खत्री विमानस्थलमा कार्यरत थिए ।

Published : Thursday, 2018 May 31, 7:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया