मिडियाबाजीमा लागेका दाङका एसपीलाई ‘चोरहरू’ले दिए चुनौती

घोराही । नयाँ एसपी सरुवा भएर आएसँगै दाङ जिल्लामा चोरीहरूको बिगबिगी बढेको छ ।

घोराही उपमहानगरपालिकाको वडा नं. १५ भृकृटीनगर टोलमा सोमबार राति एउटा घरमा चोरी भएको हो । कमला महराको घरमा कोठा लिएर बस्ने अन्य व्यक्तिहरूको कोठामा कोही नभएका बेला चोरले तालाफोडेर चोरी गरेको पीडितहरूले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुखमा एसएपी कृष्णहरि सापकोटाले जिम्मेवारी सम्हालेको एक हप्ताभित्रै सुरक्षामा चुनौती दिँदै चोरले चोरी गरेको छ ।

स्थनीय मिडियामा अन्तर्वार्ता दिएर शान्ति सुरक्षा बनाउने अभिव्यक्ति दिइरहेका बेला जिल्ला प्रहरी कार्यालयबाट करिव ३ सय मिटर नजिकै चोरले एसपी सापकोटालाई चुनौती दिएको छ ।

चोरले घरबाट नगद, सुनका गरगहना, लत्ताकपडालगायतका सामान चोरी गरेर लगेको पीडितहरूले प्रहरीमा दर्ता गराएको उजुरीमा उल्लेख छ । सबै सामानको मूल्य करिब ३ लाखको सामान चोरी भएको प्रराम्भीक अनुमान प्रहरीले गरेको छ ।

घरको कोठामा चोरी भएपछि घरधनी कमला महराले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । कोठामा बस्ने व्यक्तिहरू कामविशेषले बाहिर गएका छन् ।

Published : Tuesday, 2018 August 21, 4:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया