असुरक्षित बन्यो सिटिजन्स बैंक, साढे सात किलो सुन गायब

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबाट व्यक्तिले राखेको साढे सात किलो सुन चोरी भएको छ ।

बैंकको न्यूरोड शाखामा धरौटी राखेको साढे ७ किलो सुन गायब भएको हो । सुन गायब भएपछि सिटिजन्स बैंकका कर्मचारीसहित पाँचजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन धरौटी राखेर ऋण लिने ऋणी र बैंकका कर्मचारीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीको अनुसन्धानका क्रममा सुन धरौटी राखेभन्दा बढी तौल देखाएर ऋण प्रवाहको लागि सिफारिश गरेको आशंक गरिएको छ । सोही अभियोगमा बैंकका वरिष्ठ र कनिष्ठ सुन जाँच गर्ने कर्मचारीहरू संलग्नता रहेको प्रहरी भनाइ छ ।

उनीहरूले राखेको सुन जानकारी र अनुमति बिना बैंकबाट झिकेर अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।

एसपी सानुराम भट्टराईले सात किलो चारसय ९७ ग्राम सुन अपुग भएपछि बैंकले अनुसन्धानका लागि आग्रह गरेको जानकारी दिए ।

पक्राउ परेका पाँचैजना बिरुद्ध २ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबर बैकिङ कारोबारमा हानी नोक्सानी पु¥याएको अभियोग लगाइएको छ ।

पक्राउ पर्नेमा बैंकका वरिष्ठ सुन जाँच गर्ने कर्मचारी सामिन शाक्य र सहायक सुन जाँचकी विन्देश शाक्य रहेका छन् ।

प्रहरीले प्राइम कमर्सियल बैंक कमलपोखरी शाखाका अमितराज बज्राचार्य र ऋणी लभ बराइली तथा उमेशराज बराइलीलाई समेत पक्राउ गरेको जनाएको छ । पक्राउ परेका पाँचजना बिरुद्ध उच्च अदालत पाटनबाट सात दिनको म्याद गरिएको छ ।

Published : Wednesday, 2018 August 29, 7:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया