यी हुन् बुहारीहरूको बद्नाम गर्ने दाङकी टंकी रावत

घोराही । दाङ जिल्लामा बोक्सीको आरोपमा सासुको हत्या गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका ९ की टंकी रावतले बोक्सीको आरोपमा आफ्नी ६९ वर्षीय सासू खोपी रावतको हत्या गरेकी हुन् ।

सासुको हत्यामा संलग्न बुहारी टंकीलाई प्रहरीले कपिवस्तुबाट पक्राउ गरेको थियो । झाक्रीले घरमै बोक्सी रहेको भनेपछि आफूले सासूको हत्या गरेको टंकीले प्रहरीलाई बयान दिएकी छिन् ।

सल्यान जिल्लामा रहेका झाक्रीकोमा झारफुक गर्न बुहारी र सासूसँगै गएका थिए । भदौ ५ गते झारफुक गरेर फर्कने क्रममा सासुको हत्या गरेर बुहारी फरार भएको प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका २ भकम भन्ने स्थानमा हत्या गरेर फालेको अवस्थामा सासुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शव सडेको अवस्थामा भेटिएको थियो ।

Published : Saturday, 2018 September 1, 5:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया