काठमाडौंमा अर्का गुण्डा नाइके पक्राउ

काठमाडौं । काठमाडौंको गंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा गुण्डागर्दी गर्दै हिँड्ने देव श्रेष्ठ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले श्रेष्ठलाई आइतबार माछापोखरी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका व्यक्तिको रकम असुल्ने भन्दै अपहरण गरेको अभियोगमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

अपहरणमा परेका व्यक्ति सकुशल मुक्त भएका छन् । गुन्डा नाइके श्रेष्ठले शनिबार अपहरण गरेर व्यक्तिलाई होटेलमा राखेका थिए ।

Published : Monday, 2018 September 3, 12:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया