राधाको यो हो असली कर्तुत, अण्डकोषमा…

काठमाडौं । कथित प्रेमीसँग मिलेर पतिको हत्या गर्ने कपिलवस्तु जिल्लाकी राधा घर्तीलाई अर्घखाँची प्रहरीले पक्राउ गरेर सबै कर्तुतहरू सार्वजनिक गरिदिएको छ ।

राधासँग पश्चिम रुकुमको बाफिकोट गाउँपालिका वडा नं. १ का विवाहित प्रेमी ३० वर्षीय रमेश विक र राधाकी आमा बसुन्धरा बस्यालाई पनि प्रहरीले सार्वजनिक गरिएको छ ।

अर्घखाँची प्रहरीले पत्रकार सम्मेलन गरेर ३३ वर्षीया राधाका पति धनबहादुर घर्तीको हत्या प्रकरणका विषयमा जानकारी गराएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी राधाले भदौ ९ गते आफ्नै घरमा रमेशलाई तीन दिनसम्म राखेर अवैध यौनसम्बन्ध बनाएकी थिइन् । राधाका पति कामको सिलसिलामा बागलुङ गएका बेला रमेशसँग मोज गरेकी हुन् ।

छिमेकीहरूले रमेशका बारेमा सोधपुछ गर्न थालेपछि राधाले बाणगंगाबाट माइती जिल्ला अर्घखाँची पुगेकी थिइन् । बागलुङमा रहेका पति धनबहादुरले पत्नीको कर्तुतको सुईको पाइसकेका थिए ।

पत्नी राधा माइत गएको खबर पाएपछि बागुलङबाट भदौ १२ गते धनबहादुर बाणगंगास्थित घरमा आइपुगे । प्रेमीसँग माइतीमा रहेको थाहा पाएपछि धनबहादुर भदौ १३ गते साँझ अर्घखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १२ स्थित ससुरा पुनाराम बस्याल र सासु बसुन्धरा बस्यालको घरमा पुगेको प्रहरीले जनाएको छ ।

ससुरा पुनाराम, पत्नी राधाका प्रेमी रमेश र धनबहादुरले राति साढे आठ बजेसम्म कुखुराको मासु र रक्सी खाए । धनबहादुरलाई अत्याधिक रक्सी सेवन गराइएको थियो । रक्सी सेवनका बेला रमेश र धनबहादुरको भनाभन पनि भएको थियो ।

भुइँतलामा सुतेका धनबहादुरलाई सोही राति (भदौ १३ गते) ११ बजे रमेश र राधाले हत्या गरेको प्रहरीले जनाएको छ । राति ११ देखि ११ः५५ बजेभित्र धनबहादुरको हत्या भएको थियो ।

रमेशले धनबहादुरको घाँटी थिँचेका थिए । राधाले पति धनबहादुरको अण्डकोषमा लात्तिले पटक–पटक प्रहार गरेकी थिइन् ।

सासु बसुन्धराले घरभित्र ज्वाइँ धनबहादुरको हत्या नगर्न बरु घर बाहिर लगेर हत्या गर्न सुझाव दिएकी थिइन् । रमेशले केही हुँदैन घरभित्रै सुरक्षित हुन्छ भनेपछि भित्रै हत्या गरिएको थियो ।

धनबहादुरको हत्यापछि सासु बसुन्धराले शव फाल्ने स्थान देखाइदिएकी थिइन् । धनबहादुरको शव नजिकैको जंगलको सडकदेखि १५ फिट तल खोल्सामा बोरामा हालेर फालिएको थियो । हात खुट्टा बाँधिएको अवस्थामा धनबहादुरको शव फेला परेको थियो ।

भदौ १८ गते बिहान करीव ८ बजे जंगलबाट दुर्गन्धन फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पहिचान गर्न राधालाई स्थानीयको सहयोगमा प्रहरीले बोलाएको थियो ।

राधाले शवको सनाखत गर्न अस्वीकार गरिन् । राधालाई तिम्रै पतिको शव जस्तो छ भनेर स्थानीयले भनेका थिए । राधाले झर्किदै ‘मेरो श्रीमान् मैले चिन्ने हो कि तपाईले ?’ भनेर जवाफ दिएकी थिइन् ।

स्थानीयले शव त राधाका पति धनबहादुरको जस्तो छ भनेपछि राधालाई पुनः सनाखत गर्न बोलाइएको थियो । राधाले दोस्रो पटक पतिको शव सनाखत गरेकी हुन् ।

पहिलो पटक शव सनाखत नगरेर गएकी राधाले घरमा शंकास्पद गतिविधि देखाएको प्रहरीले जनाएको छ ।

धनबहादुरसँग विवाह गरेकी राधा विगत ४–५ वर्षदेखि पश्चिम रुकुमका रमेशसँग अवैध यौनसम्बन्ध र प्रेममा थिइन् । उनीहरू भारतमा झण्डै तीन वर्ष अगाडि पति–पत्नीका रुपमा सँगै बसेका थिए ।

त्यस बेला राधाको कोखमा रमेशको ८ महिनाको गर्भ थियो । राधाको गल्ती क्षमा गर्दै धनबहादुरले पत्नी स्वीकारेका थिए । राधालाई नेपालमा ल्याएर आठ महिनाको गर्भ फालेर राम्रोसँग बसालेका थिए ।

राधाकै आग्रहमा रमेश भदौ ९ गते साउदी अरबबाट नेपाल आएका थिए । काठमाडौंबाट सिधै कपिलवस्तुको बाणगंगास्थित राधाको घरमा पुगेर रमेश तीनदिनसम्म त्यहीँ बसे ।

तीनदिन बसेपछि राधा र रमेश अर्घखाँचीको सन्धिखर्कस्थित माइती घर गएका थिए । माइतीमा नै राधा र रमेशले धनबहादुरको हत्या योजना बनाएका हुन् । उनीहरूले धनबहादुरको हत्या गरेर सधैका लागि एकसाथ बस्ने तयारी गरेका थिए ।

राधा र रमेशबीच सम्बन्ध रहेको धनबहादुरलाई थाहा हुँदाहुँदै पनि अनदेखा गरेका थिए । तैपनि राधालाई सुध्रिने मौका दिए । तर, राधाले कहिल्यै पनि आफूलाई सुधार गर्न चाहिनन् । रमेशसँग अवैध यौनसम्बन्धमा रहिन् ।

राधाको नाममा बाणगंगा नगरपालिकामा दुई ठाउँमा घडेरी छन् । घडेरीको बजार मूल्य ७०–७५ लाख पर्ने प्रहरीले जनाएको छ । राधाको नाममा १०–१२ लाख बैंक ब्यालेन्स छ । राधाले ३–४ लाख रुपियाँ व्याजमा पनि लगाएकी छिन् । धनबहादुरले राधाको चरित्रबारेमा जानकार रहे पनि विश्वास गरेर नगदका साथै घडेरी नाममा गरिदिएका थिए ।

धनबहादुरको हत्या गरेर फरार रमेशलाई पक्राउ गर्न पश्चिम रुकुम र सल्यान प्रहरीका साथै नेपाल टेलिकमको सहयोग अर्घखाँची प्रहरीले लिएको थियो । धनबहादुरको हत्या राधा र प्रेमी रमेश मिलेर गरेको पुष्टि भइसकेपछि प्रहरीले रमेशलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको थियो ।

रणनैतिक रुपमा राधालाई निगरानीमा प्रहरीले राखेको थियो । राधालाई पक्राउ गरिएको थिएन । राधाले रमेशसँग पटक–पटक फोनमा सम्पर्क गरेकी थिइन् । त्यही मोबाइल सम्पर्कले रमेशको लोकेशन पत्ता लगायो ।

प्रहरीले बाफिकोट, खलंगाबजार हुँदै सल्यानको शीतलपाटीमा रमेशलाई पक्राउ गरेको थियो । रमेश नेपालगञ्ज, रुपैडिहवा हुँदै भारत प्रवेशको योजनामा थिए ।

धनबहादुरको हत्यापछि फरार रमेशले राधालाई विश्वास गर्न सकेका थिएनन् । राधाले पक्राउ गराउन आफूलाई फोनमा सम्पर्क गरेको आशंका रमेशको थियो ।

रमेशले धनबहादुरको हत्याका विषयमा फेसबुकबाट जानकारी लिँदै आएका थिए । रमेशले राधालाई पनि प्रहरीको अनुसन्धानका बारेमा सोध्ने गर्थे । रमेशले राधालाई विभिन्न बहाना बनाएर पन्छाउने प्रयास गरेको प्रहरी भनाइ छ ।

Published : Monday, 2018 September 10, 12:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया