यी हुन् पूर्वमाओवादी निकटका गुण्डा नाइके पुष्पराज

काठमाडौं । आपराधिक गतिविधिमा संलग्न रहँदै आएका गुन्डा नाइके पुष्पराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वमाओवादी निकट वाइसिएलका सिन्धुली जिल्लाका अध्यक्ष समेत रहेका श्रेष्ठविरुद्ध आधा दर्जनभन्दा बढी अपराधका मुद्धा प्रहरीमा रहेको छ ।

ठेकेदार ४० वर्षीय रामबहादुर कटुवाललाई हतियार देखाएर धाकधम्की र गालीगलौज गरेको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ५ घर भएका श्रेष्ठलाई भदौ २६ गते अपरान्ह चार बजे काठमाडौंको गौशालाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहले बताए ।

गुन्डा नाइके श्रेष्ठविरुद्ध सिन्धुलीमा सात वटा मुद्दा चलेको छ । श्रेष्ठले काठमाडौंमा पनि विभिन्न अपाराधिक गतिविधि गर्दै आएका थिए ।

सिन्धुलीमा जीवन श्रेष्ठ, राजन घिसिङ, अविनाश रिजाल, विजय मुनला घिसिङ, गगनसिंह शेर्पालाई ज्यानमार्ने उद्योगका साथै कुटपिट गरेकोमा श्रेष्ठविरुद्ध मुद्धा चलेको थियो ।

प्रहरीको मोस्टवान्टेडको सूचीमा रहेका श्रेष्ठलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको थियो ।

Published : Tuesday, 2018 September 11, 11:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया