खैरो हेरोइनसहित तीन कारोबारी पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले ३० ग्राम खैरो हेरोइनसहित तीनजना कारोबारीलार्इ पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरूका साथबाट नक्कली पेस्तोलसमेत बरामद गरेको हो ।

इलाम माई नगरपालिका वडा नम्बर ४ घर भएका वर्ष २३ का संजय समाल (मगर), मोरङ पथरी नगरपालिका–५ घर भएका वर्ष २४ का सन्तोष लिम्बू र झापा शिवसताक्षी नगरपालिका ३ घर भएका वर्ष २४ का युगेश राईलार्इ पक्राउ परेका छन् ।

चुच्चेपाटीमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उनीहरूका साथबाट लागूऔषध, नक्कली पेस्तोल र २० हजार नगदसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

शनिबार राति पक्राउ परेको यो समूहले भारतीय सीमा नाकाबाट खैरो हेरोइन ल्याएर काठमाडौंका दुव्र्यसनीहरूलाई फुटकर रूपमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Published : Sunday, 2018 September 16, 11:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया