यी युवतीको क्रियाकलापले परिवारमा रुवाबासी

बेनी । म्याग्दी जिल्लाकी एक युवतीले फेसबुकमा सुसाइड नोट लेखेर कालीगण्डकी नदीमा हाम फालेकी छिन् ।

बेनी नगरपालिका ५ घर भएकी सोनिया क्षेत्रीले फेसबुकमा स्टास लेखेर नदीमा हामफालेकी हुन् । सोनियाले आइतबार विद्यूत प्राधिकरणको कार्यालय नजिकैबाट कालीगण्कीमा हाम फालेको म्याग्दीका प्रहरी प्रमुख वीरबहादुर बुढाले जानकारी दिए ।

आत्महत्या गर्नुअगाडि ती युवतीले फेसबकमा ‘म मरेको खबर सुन्न धेरै आतुर भएको होला तिमीहरू, आज म तिमीहरू सबैको सपना पूरा गरिदिन्छु, बधाइ जो म खुसी भएको हेर्न नसक्नेहरू, तिमीहरू सबै आज खुसीले रमाउनु, पार्टी दिनु, तिमीहरू सबैले जितेऊ मैले हारे, गुडबाई’ भनेर लेखेकी थिइन् ।

दुई जना साथीसँग नदी किनारामा पुगेकी ती युवतीले साथीहरूकै अगाडि नदीमा हाम फालेको प्रहरीले जनाएको छ । प्रहरीले ती दुई साथीहरूसँग समेत सोधपुछ गरेको छ ।

Published : Monday, 2018 September 17, 7:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया