यी सरकारी विशेषज्ञलाई यौनसम्पर्क गर्न मन लागेपछि…

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले आफैले पढाउने छात्रासँग यौनसम्पर्कको प्रस्ताव गर्ने ललितपुर खुमलटारस्थित नार्कका मुख्य विशेषज्ञ डा.मेघराज तिवारी पक्राउ परेका छन् ।

फेसबुकबाट अश्लील सन्देश पठाएको आरोपमा पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ ५५ वर्षीय डा.तिवारी पक्राउ परेका हुन् । डा.तिवारी भदौ २६ गते कार्यालयबाट पक्राउ परेका थिए ।

महाशाखाका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहले डा.तिवारीलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय अपराध मुद्धामा म्याद थप गरेर अनुसन्धान गरिएको जानकारी दिए । डा.तिवारी कंलकीस्थित हिमालय कलेज अफ एग्रिकल्चरल साइन्समा पढाउँछन् ।

सोही कलेजमा बिएस्सी अध्यनरत २० वर्षीया छात्रालाई डा.तिवारीले ६ महिनादेखि यौन प्रस्ताव राख्दै आएका थिए । ती छात्राले अस्वीकार गरेपछि डा.तिवारीले फेसबुक म्यासेन्जरमार्फत् आपत्तिजनक म्यासेज पठाउने गरेको एसएसपी सिंहले अनुसन्धानका क्रममा खुलेको बताए ।

डा.तिवारीले ती छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्कीसमेत दिएका थिए । अन्य छात्रालाई पनि डा.तिवारीले यसरी नै दुःख दिने गरेको अनुसन्धानबाट खुलेको छ ।

Published : Wednesday, 2018 September 19, 10:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया