खुर्सिदका हत्यारा छोप्न खोज्दा यी प्रहरी जवानलाई लाग्यो गोली

इनरुवा । सुनसरी जिल्लाको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या भएको छ ।

भारतबाट मोटरसाइकलमा आएको समूहले भुटाहास्थित नेसनल बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरेका हुन् ।

बिहीबार बिहान हरिनगर २ का स्थायी बासिन्दा आलममाथि गोली हानेर सो समूह फरार भएको थियो । गोली लागेका अन्सारीको घटनास्थलमै मृत्यु भएको छ । वृद्धबजारबाट झुसी जाने बाटोमा हिँडिरहेका बेला उनीमाथि पछाडिबाट गोली हानिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आलमलाई गोली हानेर फर्किएका हतियारधारीले प्रहरीमाथि पनि गोली चलाएका छन् । हतियारधारीको गोली प्रहारबाट प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका छन् ।

तीघ्रा, कम्मर र ढाडमा गोली लागेका पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ । घटनापछि नेपाल र भारत सीमा नाका सिल गरिएको छ ।

Published : Thursday, 2018 September 20, 1:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया