चितवनकी वृन्दालाई अमेरिकामा गोली हानी हत्या

न्युयोर्क । अमेरिकाको मेरिल्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली चल्दा नेपाली महिला वृन्दा गिरीको मृत्यु भएको छ ।

बिहीवार भएको घटनामा ४१ वर्षीया वृन्दा गिरीको मृत्यु भएको हो । गोली लागेर पूर्ण आचार्य पनि घाइते भएका छन् ।

घटनामा गिरीसहित अन्य तीनजनाको पनि मृत्यु भएको छ । गोली लागेर तीनजना घाइते भएका छन् ।

स्नोचीया मोसेली नामकी २६ वर्षीय महिलाले अन्धाधुन्ध गोली प्रहार गरी आफूमाथि पनि गोली चलाएकी थिइन् ।

हतियारधारी महिलाको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सीएनएनले जनाएको छ ।

चितवन जिल्ला स्थायी घर भएकी वृन्दा गिरी दुई सान्तानकी आमा हुन् । उनी केही महिनाअघि मात्रै अमेरिका आइपुगेकी थिइन् । उनका श्रीमान् काशिराम गिरी ६ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

Published : Saturday, 2018 September 22, 11:13 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया