गगन बोलेपछि ओलीलाई अमेरिकामा तनाव

काठमाडौं । नेपाली कांग्रेस सांसद गगन थापाले बूढीगण्डकी जलविद्युत परियोजना चिनियाँ कम्पनी गजुवालाई बनाउन दिने सरकारी निर्णयको विरोध गरेका छन् ।
संसदको बुधबारको बैठकमा थापाले श्री ३ को शैलीमा प्रधानमन्त्री केपी ओलीले परियोजना चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरेको आरोप लगाए ।
‘यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनी गेजुवालाई परियोजना निर्माण गर्न दिने निर्णय गरेको छ’, उनले भने, ‘निर्णयभन्दा श्री ३ को शैलीमा प्रधानमन्त्रीले हुकुम गरिबक्सियो । प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ ।’
थापाले भने, ‘संसद पनि प्रधानमन्त्रीको हुकुमको छाया हुन सक्छ ? तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले विरोधका बीच यही कम्पनीलाई यसैगरी काम दिने निर्णय गरेको थियो । तर तत्कालीन कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी बारे सरकारले गरेको निर्णय कानूसम्मत नरहेको ठहर गरेको थियो ।’
सो निर्णयलाई वेवास्ता गर्दै हाल आएर फेरि सरकारले सोही कम्पनीलाई किन बूढीगण्डकी निर्माणको ठेक्का दियो भन्दै कांग्रेसका सांसद थापाले प्रश्न गरे ।
आयोजना बनाउनेबारे अध्ययन गर्नका लागि त्यतिनै बेला बनेको एक समितिले २७० अर्बमा बनाउन सकिने निश्कर्ष निकालेको स्मरण गर्दै थापाले त्यसबारे अध्ययनका लागि १ अर्ब बढी खर्च भइसकेको अवस्थामा हाल आएर सरकारले हुकुमी शैलीमा निर्णय गरेको आरोप लगाए ।
युवा नेता थापाले एउटा तामाकोसी बनाउन सकिने बराबरको पैसा नै खान खोजिएको भन्दै आफैले बनाउन सकिने क्षमता हुँदाहुँदै सरकारले किन निरिहता प्रदर्शन गरियो भन्दै पटक पटक प्रश्न गरे ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीलाई बूढीगण्डकी परियोजना निर्माणको जिम्मा दिनेबारे विवाद नरहेको बताएको भन्ने आफूले सुनेको बताउँदै थापाले अमेरिकाबाट नेपाल फकिँदा यसबारे आफूहरूको प्रश्नको उत्तर पनि लिएर फर्किन चुनौती दिए ।
थापाले प्रश्न विधि र कानूनको मात्रै नभई सरकारले संसदलाई हेप्यो भन्ने पनि रहेको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

रविले क्लिन चिट पाउने प्रक्रिया बल्ल हिरासतबाट सुरु भयो
दिलनिशानी मगर
सरकारलाई कांग्रेसको ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण
शेरबहादुर देउवा
यसमा तपाइको मत