दशैँका बेला यी ‘नागराज’को दसा बिग्रियो

काठमाडौं । सट्टेबाजका नामुद ठगी धन्दा चलाउँदै आएका नथमल अग्रवाल ‘नागराज’लाई प्रहरीले सम्पत्ति शुद्धीकरणमा मुद्धा चलाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुले ‘नागराज’लाई अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा कारबाही चलाएको हो । त्यसका लागि ‘नागराज’लाई सम्पत्ति शुद्धीकरण विभाग, पुल्चोक, ललितपुर पुल्चोक पठाइएको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

सट्टेबाज ठगी गरेको अभियोगमा पक्राउ परेका ‘नागराज’लाई उच्च अदालत पाटनले बिहीबार ४० लाख धरौटीमा रिहाइ गर्न आदेश दिएको थियो ।

‘नागराज’ रिहाइ भएलगत्तै प्रहरीले स्रोत नखुलेको चल–अचल सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धीकरण विभागमा मुद्धा चलाउन पठाएको हो । ‘नागराज’बाट बरामद गरिएको चार थान जग्गा धनी पुर्जा पनि प्रहरीले राखेको छ ।

धनुषा जिल्लाको जनकपुर महानगरपालिका वडा नं. ३ स्थायी घर भएका ४८ वर्षीय ‘नागराज’ काठमाडौंमा बसेर विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न हुँदै आएका थिए । विभिन्न व्यक्तिहरूसँग तीन महिनामा तेब्बर रकम दिन्छु भनेर तीन करोड रकम उठाएर सट्टेबाजमा लगाएका थिए ।

भारतमा सम्पन्न भएको आइपिएल क्रिकेट खेलमा सट्टेबाजी खेलाएको अभियोगमा ‘नागराज’लाई असार ९ गते काठमाडौंको लाजिम्पाटबाट प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

‘नागराज’विरुद्ध विकास भण्डारी, कञ्चन महर्जन, राकेशकुमार सिंह, मीठ्ठुलाल चौधरी, तर्कराज जोशी, दिलबहादुर श्रेष्ठ, राजु थापा, राधाकृष्ण खत्री र सम्राट शर्माले तीन करोड ठगी गरेको आरोपमा अपराध महाशाखा टेकुमा उजुरी दिएपछि पक्राउ परेका थिए ।

Published : Thursday, 2018 September 27, 5:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया