पल्सरको नयाँ मोडलका बाइक भित्रियो, मूल्य कति ?
काठमाडौं । १५० सीसीको पल्सर नेपालमा लोकप्रिय र प्रयोग भइरहेको मोटरसाइकलमा पर्छ । पल्सरको डिजाइन र पर्फमेन्सका कारण यो लोकप्रिय बनेको छ ।
१५० सीसी पल्सरमा उपलब्ध नयाँ डिजाइनले पनि नयाँ पुस्ताका उपभोक्ताको ध्यान तानिरहेको हुन्छ ।
दुई वटा डिस्क ब्रेक भएको नयाँ मोडलको पल्सर नेपाली बजारमा उपलब्ध छ । नयाँ मोडलको नाम पल्सर १५० टीडी राखिएको छ ।
नेपालमा तीन वटा रङमा यो उपलब्ध भएको नेपालका लागि बिक्रेता कम्पनीले जनाएको छ । कालो नीलो, कालो रातो र हल्का कालो रङमा उपलब्ध छन् ।
युवा पुस्तालाई लक्षित बाइकमा चक्का, च्यासिस र सकर अन्य डिजाइनभन्दा मोटा छन् । यसबाहेक बाइकमा स्प्लिट सिट राखिएको छ ।
स्वीङआर्म पनि अन्य डिजाइनभन्दा मोटो छ । पछाडिको टायर अगाडिको टायरभन्दा मोटो छ । रियर टायर १२९ एमएमको छ । बाइकको मस्कुलर लुकका कारण युवा पुस्तालाई यसको डिजाइन मन पर्न सक्ने अनुमान गरिएको छ ।
पल्सर १५० टीडीमा १४९.५ सीसीको सिंगर सिलिन्डर डीटीएसआई इन्जिन राखिएको छ । यसमा दुई भल्भ छन् ।
बाइकको ट्यांकी १५ लिटर पेट्रोल अट्नेछ । ५ गियर उपलब्ध छन् । यसको टप स्पिट ११० किलोमिटर प्रतिघण्टा हो । यसको तौल १ सय ४४ केजी छ ।
आवाज, भाइब्रेसन र हार्नेस लेभल अघिल्ला मोडलका भन्दा सुधार गरिएको कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यसमा तपाइको मत