ओलीलाई अमेरिकामा कालो झण्डा, भित्र भाषण बाहिर नारावाजी

न्युर्योक । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूले कालो झण्डा देखाउनुका साथै विरुद्धमा नारावाजी गरेका छन् ।

संयुक्त राष्ट्र संघको ७३औं महासभामा प्रधानमन्त्री ओलीले भित्र सम्बोधन गर्दै गर्दा संघ भवन बाहिर नेपालीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै कम्युनिस्ट सरकारले शान्ति स्थापना गर्न नसकेको भन्दै विरोध प्रदर्शन गरेको जनाएको छन् ।

ओलीविरुद्ध प्रदर्शनमा उत्रिएका नेपालीहरूले शरीरमा कालो कपडा बेरेर प्रदर्शन गरेका थिए । उनीहरूले ‘हामी न्याय चाहन्छौं’ भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

नेपालमा बढ्दै गएको बलात्कार, हत्या र हिंसाविरुद्ध नेपालीहरूले ओलीलाई सचेत गराउन प्रदर्शन गरेको जनाएका छन् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न र दोषीलाई हदैसम्मको कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीले आफ्ना विरुद्ध अमेरिकामा प्रदर्शन हुन्छ भनेर नसोँचेका बेला नेपालीहरूले राष्ट्रसंघको भवन अगाडि प्रदर्शन गरेर झट्का दिएका छन् ।

Published : Friday, 2018 September 28, 11:12 am

6 प्रतिकृया प्राप्त “ओलीलाई अमेरिकामा कालो झण्डा, भित्र भाषण बाहिर नारावाजी”

  • नेपाल मा कम्युनिस्ट शासन चाहिदैन
    हरेक दिन बलत्कृत हुन हामी खेलौना होइनौ

  • जब हामीजनता माथि जयदति बढेको छ हाम्रो देस मा जब स्म्म कमलिस सरकार बनेको थियन तब सम महङ्गो थियो तर यति जनतालाई दु,ख दिने थियन कमलिस सरकारले नेपाल जस्तो सानो देसमा हदैसम्म गरेको र यो सरकारले देस चलाउन सकदैन र ।।।

  • बलात्कार का घटनाहरु घटनु र कम्न्युनिष्ट सरकारको कुनै सम्बन्ध
    छैन । र कुरो सजायको जा सम्म हुन्छ शिघ्र हुनुपर्छ ।नेपालमा यो नया घटना होईन । र देशमा चमत्कार ल्याउन कसैले सक्दैन त्यो इतिहास सासछी छ । र अमेरिका को त्यो आफ्नो देशको बेइज्जत गर्नु हो । सरकारलाई दबाब दिने अरु माध्यमहरु पनि छन।नेपाली हुन आफ्नो संस्कृति कहाँ भुल्न सक्छन् र।

  • संमान पाउन त आफु पनि योग्य हुनुपर्‍यो नि । प्रचन्डे सगा गर्धन जोराइ,साडे ३३ किलो सुन देखि, ठेकेदार हुँदै निर्मला हत्या कान्ड मा ओलि को सरकार ले खेलेको भूमिका हेर्दा त त्यती ले पनि पुगेन भन्छु म त ।

  • विदेशी भुमीमा आफ्नै देशका प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने भनेका नेपाली मात्र हुन् । समग्रमा व्यक्ती वा समुहलाई यस्ता कार्यले फाईदा गर्ला तर देशको बेइज्जत भईरहेको हुन्छ । अति जान्ने बुझ्ने नेपालीहरु चाही अमेरिकामै रहेछन्

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया