विद्रोही नेताहरुको धम्कीपछि ब्याक भए खड्गप्रसाद ओली

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको असन्तुष्टिका बीच बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अचानक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १ बजे बोलाइएको बैठकलाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले ३ बजेपछि अचानक स्थगित गरेका हुन् ।

नेताहरुको व्यवस्ताले बैठक स्थगित भएको जनाइएको छ । यद्यपि, प्रदेश कमिटीमा रहनेसदस्यहरुको नाम दिन ढिला भएकाले बैठक सरेको जनाइएको छ ।

बुधबार अधिकांश प्रदेश कमिटीका पदाधिकारीको बैठक बसेको छ । यसअघि सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोके पनि कमिटीले पूर्णता पाउन बाँकी छ ।

कार्यदलको सिफारिसका आधारमा प्रदेश कमिटीहरुले पेश गरेका नामलाई सचिवालयमा पेश गरिनेछ ।

प्रदेश कमिटी गठनपछि जिल्ला कमिटी एकीकरणको प्रक्रिया अघि बढ्ने महासचिव बिष्णु पौडेलले बताएका छन् । कात्तिक महिनाभित्र सबै कमिटीको एकीकरण टुंगो लगाउने तयारी नेकपाको छ ।

नेताहरुको समायोजनमा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेको हस्तक्षेपकारी भूमिकाको वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोध गर्दै आएका छन् । त्यति मात्रै होइन अघिल्लो सचिवालय बैठकमा नेपाल र श्रेष्ठले नोटआफ डिसेन्ट समेत लेखेका थिए ।

Published : Wednesday, 2018 October 24, 4:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया