नेकपाको कार्यदलमा नयाँ गुटको नेता नै परेनन्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यसमितिको जिम्मेवारी तोक्न र प्रदेश सदस्य चयनका लागि दुई सदस्यीय कार्यदल बनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेशको एकता टुंग्याउन र केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिनका लागि दुईवटा कार्यदल निर्माण गरेको हो । कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेका छन् ।

महासचिव पौडेलले बैठकले प्रदेश सदस्यहरुको टुंगो लगाउने र केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने जिम्मा दुई सदस्यीय कार्यदललाई दिएको बताए ।

पार्टीले यसअघि नै प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको चयन गरे पनि नेताहरू माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले फरक मत राख्दै आएका छन् ।

कार्यदलका सदस्य थापा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालका नेता हुन् भने पौडेल प्रधानमन्त्री केपी ओलीका मान्छे हुन् । कार्यदलमा नेता नेपालका कुनै पनि नेतालाई स्थान दिइएन ।

कार्यविभाजन नहुँदा थुप्रै केन्द्रीय सदस्यहरू अन्योलमा रहेको र नेकपाको धेरैजसो काम सचिवालयबाट मात्रै हुँदै आएको भन्दै केन्द्रीय सदस्यहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

थापा र पौडेल सदस्य रहेको प्रदेश सदस्यको छनौट गर्ने र केन्द्रीय सदस्यको जिम्मेवारी तोकेको सूची सचिवालयमा पेस गर्ने र सचिवालयले त्यसलाई अन्तिम रुप दिने महासचिव पौडेलले जानकारी दिए ।

Published : Thursday, 2018 October 25, 7:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया