डोटीले ल्याइदियो कांग्रेसीहरूको घरभित्रै खुसीयाली

डोटी । प्रमुख विपक्षी दल नेपाली कांग्रेसप्रति आकर्षण बढ्न थालेको छ । कांग्रेसमा विभिन्न दलका नेता कार्यकर्ता प्रवेश गर्न थालेका छन् ।

डोटी जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वडाध्यक्षमा उम्मेदवार बनेका गणेश जोरसहित दुई दर्जन बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

शिखर नगरपालिका ३ आलीमा बिहीबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा राप्रपाका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

राप्रपाका कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीरबहादुर बलायरले पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेसले स्वर्गीय नेता चक्रप्रसाद बास्तोलाको शोकसभा मनाइ रहेका बेला डोटीमा राप्रपाका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Thursday, 2018 October 25, 7:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया