निर्मलाले पाइन आंशिक न्याय, यी दुई ठूला भीआइपीको गयो जागिर

काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टलाई बर्खास्त भएका छन् ।

प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहित प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको हो ।

विष्ट तत्कालीन प्रहरी प्रमुख हुन् भने भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरका प्रमुख हुन् । गृहमन्त्रालयले उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजित सेवाबाट बर्खास्त गरेको छ ।

गृहमन्त्रालयले विष्ट र भट्टलाई बर्खास्त गर्नुको कारणसमेत दुई पेज लामो विज्ञप्तिमा दिएको छ ।

विष्ट र भट्टलाई निर्मलाको बलात्कारपछि हत्या काण्डको प्रारम्भीक अनुसन्धानमा चरम लापरबाही गरेको, पीडितका आफन्त र सरोकारवालाबाट प्राप्त गुनासोको उचित सम्बोधन गर्न नसकेको, प्रमाण लोप गरेको, घटनामा सम्बन्धित जिल्ला प्रमुखले सन्दिग्ध भूमिका खेलेको, स्थलगत अध्ययन गर्दा चरम लापरबाही गरेको, गैर व्यवसायिक र गैर जिम्मेवारीपूर्ण व्यवहार गरेको, अनुसन्धानका सामान्य कानूनी व्यवस्था समेत पालन नगरेको, तत्काल प्रहरीबाट अनिवार्य रुपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा लापरबाही गरेको, बलत्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तु र भित्री वस्त्र पानीमा चोपलेको, गुप्ताङग र तिघ्रा पखालेको, तत्काल नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराइएको, मृतकको शव अन्त्यष्टि गर्न पीडित परिवारलाई अनावश्यक प्रभाव, दबाब र धम्की दिएको, सुरक्षा कारबाहीका सिलसिलामा कम बल प्रयोग गर्ने सिद्धान्त नअपनाएको, प्रहरीको व्यवहार र कार्यशैलीका कारण आम नागरिक तथा पीडित परिवारका सदस्य विश्वस्त हुन नसकेको लगायतका अभियोग गृहमन्त्रालयले लगाएको छ ।

Published : Thursday, 2018 October 25, 9:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया