निर्मला हत्याकाण्डबारे बाबुरामले गरे विश्वास लाग्ने खुलासा

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले निर्मला हत्याकाण्डमा कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेखेर डा.भट्टराईले अपराधी पत्ता लगाउन राज्यलाई निरन्तर दवाव दिनुपर्ने बताएका छन् । कम्युनिस्ट सरकारले निर्मला पन्तका दोषीलाई पक्राउ गर्नुभन्दा पनि आलोचनाबाट बच्न विष्ट र भट्टलाई जागिरबाट हटाएको डा.भट्टराईको भनाइ छ ।

‘बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ? जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् र ?’, डा.भट्टराईले प्रश्न गर्दै भनेका छन्, ‘त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ? प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत किन अपराधी पत्ता लाग्दैन ? दवाव जारी राखौँ ।’

डा.भट्टराईले निर्मलाको बलात्कारपछि हत्याकाण्डमा रोशनी बम र बबिता बमको पनि संलग्नताबारे राम्रोसँग अनुसन्धान नभएको समेत उल्लेख गरेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा प्रभावकारी अनुसन्धान नगरेको आरोप लागेका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले बिहीबार बर्खास्त गरेपछि डा.भट्टराईले कम्युनिस्ट सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् ।

Published : Friday, 2018 October 26, 7:19 am

1 प्रतिकृया प्राप्त “निर्मला हत्याकाण्डबारे बाबुरामले गरे विश्वास लाग्ने खुलासा”

  • बास्तविकरुपमा कार्बाही नै नगरी बर्खस्त गर्नु भनेको घट्नालाइ मोड्नव्खोजेको हो।यसमा ठुलै षड्यन्त्र लुकेकोछ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया