बिहीबारको काण्डले मदन भण्डारीकै हाल हुने भो निर्मला पन्तको

काठमाडौं । कम्युनिस्ट सरकारमाथि विभिन्न खालका प्रश्न उठिरहेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना हुँदा पनि असली दोषीलाई केपी ओलीको सरकारी पक्राउ गर्न सकेको छैन ।

भदौ १० गते साथीको घर गएकी निर्मला पन्त घदौ ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परिन् । तीन महिनासम्म पनि प्रहरीले हत्यारा को हो भन्ने सुराक पाउन सकेको छैन् । यो घटनाले आर्थिक समृद्धिको एजेण्डासहित आएको दुई तिहाईको ओली सरकार पनि बद्नाम बन्न पुगेको छ ।

प्रहरीबाटै प्रमाण नष्ट र एमालेबाट निर्वाचित मेयरको संलग्नताको मिलेमतोले वास्तविक दोषी पत्ता लगाउन जटिल भएको आरोप पनि छ । विभिन्न कोणबाट अनुसन्धान गरेपनि प्रमाण नस्ट गरिएकाले घटनाको चुरो समेत पत्ता लागेको छैन् ।

बलात्कार र हत्या घटनामा तत्कालीन प्रहरी प्रमुख दिल्ली विष्टका छोरा र एमालेबाट निर्वाचित मेयर सुरेन्द्र विष्टका भतिजा संलग्न रहेको आशंका गरिएको छ । उनीहरुमाथि गतिलो छानविन नभएको धेरैको आरोप छ । निर्मलाका साथी रोशनी र बबिता बम दिदीबहिनीमाथि पनि चित्तबुझ्दो अनुसन्धान नहुँदा घटनाको केही सुराक पत्ता नलागेको आरोप छ ।

स्थानीयहरु यो घटनालाई तत्कालीन एमालेका महासचिव मदन भण्डारीको मृत्युसँग जोडेर हेरिरहेका छन् । भण्डारीको रहस्य हत्या भएको वर्षौ भइसक्यो । हत्यारा को भन्ने पत्ता लागेको छैन् ।

प्रधानमन्त्री ओलीले बेला बेला भण्डारीका हत्यारा पत्ता लगाउने अभिव्यक्ति दिन्छन् । घटनाको अनुसन्धान नै सुरु गरिएको छैन् । अहिले भण्डारीकी पत्नी विद्यादेवी राष्टपति छिन् । उनकै पार्टीका नेता ओली प्रधानमनत्री छन् । कम्युनिस्टको सरकार छ । तैपनि मदन भण्डारीका हत्यारा पत्ता लगाउन अनुसन्धान भएको छैन ।

यस्तो बेला निर्मला घटनाको पनि जिम्मेवारीपूर्वक अनुसन्धान भइरहेको आभास स्थानीयलाई भएको छैन् । यो घटनामा तत्कालीन एमालेबाट निर्वाचित मेयरका आफन्त मुछिएकाले वास्तविक दोषी पत्ता लाग्नमा ढिलाई गरिएको स्थानीयहरुको आरोप छ ।

प्रधानमन्त्री ओलीले मदन भण्डारीका हत्यारा पत्ता लाग्न नसकेको उदाहरण दिँदै एक अन्तर्वार्तामा निर्मलाका हतयारा पत्ता लाग्न १२ वर्ष नै लाग्न सक्ने आश्चर्यजनक अभिव्यक्ति दिएका थिए । जसको चर्को आलोचना भयो ।

क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले मदन भण्डारीका हत्यारा पत्ता लगाउन नसक्नेले निर्मलाका हतयारा समात्न १२ वर्ष लाग्छ भन्नु स्वभाविक भएको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘शान्ति, सुरक्षाको अवस्था त्यस्तै छ । निर्मला पन्तको बलात्कारपपछि हत्या भएको यत्तिका दिन भयो । अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन सकेको छैन । प्रधानमन्त्री ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुभयो । उहाँले यतिका वर्ष भैसक्यो मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकिएको छैन भन्दै उदाहरण दिनुभयो ।’

कम्युनिस्ट सरकारले दुईजना प्रहरीलाई दोषी मान्दै बर्खास्थ गर्ने बिहीबारको निर्णयले त झन् निर्मलाले न्याय पाउनेमा निरासा थपिदिएको छ । निर्मलाका आफन्त पनि निरास भएका छन् ।

Published : Friday, 2018 October 26, 3:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया