गगनको लोकप्रियताबाट डराए कम्युनिस्टहरु, गरे लाज लाग्ने हर्कत

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाको लोकप्रियता दिन प्रतिदिन बढ्न थालेपछि कम्युनिस्टहरुलाई सहिनसक्नुको अवस्था सिर्जना भएको छ ।

युवा नेता थापाको लोकप्रियताबाट डराएका कम्युनिस्टहरुले चरित्र हत्या हुने गरेर सामाजिक सञ्जालमा फोटोसपबाट गलत तस्बिर बनाएर सेयर गरेका छन् ।

अर्कै व्यक्तिले राजाको पाउमा ढोग्न लागेको तस्बिरलाई नेता थापाको तस्बिर भनेर सामाजिक सञ्जालमा सेयर गरिएको छ । सोही तस्बिरमा दोस्रो जनआन्दोलनका बेला थापाले सडकमा ढुंगा हान्न लागेको तस्बिरलाई पनि जोडिएको छ ।

यो तस्बिरका बारेमा युवा नेता थापाले केही प्रतिक्रिया दिएका छैनन् । तर, नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपाले यस्ता गलत हर्कतबाट सबै सचेत हुनुपर्ने जनाएको छ ।

युवा नेता थापाको चरित्र हत्या हुने गरेर बनाइएको तस्बिरलाई पूर्वएमाले, पूर्वमाओवादी केन्द्र र तिनका शुभेच्छुकहरुले फेसबुक र ट्वीटरमा सार्वजनिक गरेका छन् ।

कम्युनिस्टहरुको फेसबुक ग्रुपमा युवा नेता थापाविरुद्धको तस्बिरमा राखिएपछि थापाका शुभेच्छुकहरुले पनि बास्तविक तस्बिरलाई फेसबकुमा राख्न थालेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनका बेला पनि थापाको लोकप्रियताबाट डराएका कम्युनिस्टहरुले चरित्र हत्या हुने गरेर समाचार सम्प्रेषण गरेका थिए ।

प्रदेश ३ का मन्त्री केशव स्थापितले पनि थापालाई भ्रष्टाचारको अभियोग लगाएका थिए । मन्त्री स्थापित अहिले यौनकाण्डमा आफै फसेकका छन् ।

Published : Friday, 2018 October 26, 7:03 pm

2 प्रतिकृया प्राप्त “गगनको लोकप्रियताबाट डराए कम्युनिस्टहरु, गरे लाज लाग्ने हर्कत”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया