कार्यकर्ताले शेरबहादुर–रामचन्द्र मिलेको हेर्न चाहेका छन्ः विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले जनताको प्यारो हुन कांग्रेसले कांग्रेसलाई नै राम्रो देख्नुपर्ने बताएका छन् ।

झापाको शिवसताक्षी नगर समन्वय समितिले शुक्रबार आयोजना गरेको ‘दशैँ, तिहार एवं छठ पर्वको शुभकामना तथा ज्येष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम’मा शर्माले कांग्रेसले कांग्रेसलाई राम्रो नदेखेसम्म जनताको प्यारो हुन नसक्ने बताएका हुन् ।

कम्युनिस्टहरू गलत कार्यशैलीका कारण कांग्रेस अहिले पनि जनताको मनभित्ररहेको बताए ।

प्रवक्ता शर्माले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिले जसरी नै शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिल्नुपर्ने बताए ।

‘एकअर्काको आलोचना नगरी टीम स्पिरिट बनाएर अघि बढे कांग्रेस बलियो पार्टी बन्छ’, उनले भने । कांग्रेसका शीर्ष नेताहरू मिलेको गाउँका कार्यकर्ताले हेर्न चाहेको प्रवक्ता शर्माले बताए ।

Published : Saturday, 2018 October 27, 7:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया