यी हुन् ओली–प्रचण्डको चियापान बहिस्कार गर्ने पूर्वप्रधानमन्त्री

काठमाडौं, १० कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चियापान कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् ।

नेकपाले दशैँ, तिहार, छठलगायत समस्त नेपाली चाडपर्वका अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा नेकपाले ५० हजार जनालाई निम्तो पठाएको जनाएको छ ।

डा.भट्टराई चियापान कार्यक्रमका लागि निम्तो पठाए पनि आफू नजाने बताएाका हुन् । उनले ५० हजारलाई भोज खुवाउनुको सट्टा कुनै उत्पादनको क्षेत्रमा खर्च गरेको भए राम्रो हुने भनेर नेकपालाई सुझाव दिएका छन् ।

डा.भट्टराईले आफूलाई नेकपाले एउटै खाममा ४ वटा शुभकामना निमन्त्रणा कार्ड पठाएको बताएका छन् । शनिबार बिहान ट्वीट गर्दै डा.भट्टराईले भनेका छन्, ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामनानिमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद । तपाईहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना । गरिब देशको सर्वहारा वर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ । जय होस ।’

चियापानको निम्तो पठाउँदा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नाममा निमन्त्रणा पत्र, अध्यक्षद्वयको अलग–अलग नाममा र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको नाममा शुभकामना पठाइएको छ ।

Published : Saturday, 2018 October 27, 9:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया