कांग्रेस महासमिति बैठकको तयारी शुरु, काठमाडौंले पायो जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला सभापति शेरबहादुर देउवाले पदाधिकारी, काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका कार्यसमितिसँग तयारीका विषयमा छलफल गरेका छन् ।

काठमाडौं पार्टी मुख्यालय सानेपामा शनिबार सभापति देउवाले उपत्यकाभित्रका तीन वटै जिल्लाका कार्यसमितिहरुसँग महासमिति बैठकको तयारीका विषयमा छलफल गरेका हुन् ।

काठमाडौं सभापति सबुज बानियाँ, ललितपुरका सभापति मदन अमात्य र भक्तपुरका सभापति दुर्लभ थापा पनि महासमिति बैठकको तयारी बैठकमा सहभागी भएका थिए ।

बैठकमा सभापति देउवासहित उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाशशरण महतलगायतका नेताका नेताहरु सहभागी थिए ।

बैठकले काठमाडौं जिल्लाका सभापति कृष्ण सबुज बानियाँको संयोजकत्वमा नेपाली कांग्रेसको महासमिति बैठक व्यवस्थापनका लागि उपसमिति गठन गरेको छ । बैठकमा तीन जिल्लाका पदाधिकारीहरू सदस्य रहनेछन् ।

नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भनेर चर्चा भइरहेका बेला महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने निश्चित भएको कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले बताए ।

Published : Saturday, 2018 October 27, 1:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया