नेकपाका कार्यकर्ताको हुलमा देउवा पुगेपछि तालीले स्वागत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएर कम्युनिस्टहरुलाई शुभकामना दिएका छन् ।

शनिबार भृकुटीमण्डपमा शनिबार आयोजित चियापान कार्यक्रममा देउवा चार बजेतिर पुगेका थिए । चियापानमा सहभागी देउवाले मुलुकलाई सहमति र सहकार्यको बाटोबाट हिँडाउनुपर्ने बताए । उनले देशको समृद्धिमा ध्यान दिन पनि सरकारलाई सुझाव दिए ।

नेकपाका चियापानमा आएका पाहुनाहरुलाई दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए । प्रचण्डसँगै नेकपाका नेताहरु बामदेव गौतम, विष्णु पौडेलसहितका नेताहरु सहभागी थिए ।

चियापनमा सहभागी बामदेव गौतम भने धेरैबेर बसेका थिएनन् । उनी काम छभन्दै छिटै बाहिरिएका थिए ।

चियापान कार्यक्रममा राजपा नेपालका संयोजक महन्थ ठाकुर आएका थिए । उनी करिव २० मिनट बसेर चियापानबाट बाहिरिएका हुन् ।

Published : Saturday, 2018 October 27, 5:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया