यी महिलाले बिदेशमा हानिन् छुरा, सिर्जनाको मृत्यु

काठमाडौं । युएईमा नेपाली चेलीहरुबीच झगडा काठमाडौं घर भएकी सिर्जना बरालको मृत्यु भएको छ ।

शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले आफ्ना साथीहरुलाई छुरा प्रहार गरेकी हुन् । सोनी तामाङले चारजना साथीमाथि छुरा प्रहार गरेकी थिइन् ।

छुरा लागेर गम्भीर घाइते ममता चौधरीको आईसियुमा उपचार भइरहेको छ । घटनामा घाइते सलिना मगर र आशा दर्जी उपचारपछि फर्किसकेको समाचारमा जनाइएको छ ।

सोनी तामाङले बिहीबार राति मादक पदार्थ सेवन गरी झगडा सुरु गरेकी थिइन् । छुरा प्रहार गरी सिर्जना बरालको हत्या गर्ने सोनी तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

चार वर्षअघि दुई नेपालीबीच झगडा हुँदा एकको मृत्यु भएको थियो । जनकपुरका वीरेन्द्र साहले पाँचथरका रञ्जीत खपाङ्गीलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।

Published : Sunday, 2018 October 28, 5:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया