ओलीको स्वास्थ्य अचानक बिग्रिएपछि बिहानै लगियो अस्पताल

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

ओलीलाई सोमबार बिहान चार बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको प्रेस संयोजक चेतन अधिकारीले बताए ।

ओालीलाई एक्कासि छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अधिकारीले जानकारी दिएका छन् ।

छाती, रुघाखोकी र अन्य समस्या भएपछि अस्पताल लगिएको अधिकारीले बताए । स्वास्थ्यमा समस्या भएपछि ओली आफ्नै दल नेकपाले राखेको चियापान कार्यक्रममा अनुपस्थित भएका थिए ।

Published : Monday, 2018 October 29, 7:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया