कांग्रेसको विधान समितिले कहिले गर्छ काम फत्ते ? पौडेलको चखालाग्दो कुरा

काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधानको मस्यौदा कात्तिक १६ गतेभन्दा अगाडि आउने भएको छ । मस्यौदा छिटो बनाउन दवाव परिरहेका बेला एकहप्ताभित्रै काम फत्ते हुने तयारी भएको हो ।

कांग्रेसको विधान मस्यौदा समितिका सदस्य एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले कात्तिक १६ गतेभन्दा अगाडि नै नयाँ मस्यौदा तयारी गरिने बताए ।

‘कात्तिक १६ गते नेपाली कांग्रेसले चियापान कार्यक्रम राखेको छ’, नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, ‘दिनदिनै समितिको बैठक बसेर मस्यौदालाई अन्तिम रुप दिने काम भैरहेको छ ।’

समितिले मस्यौदा तयार पारेपछि सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति बैठक बोलाउन अनुरोध गरिने पौडेलले बताए । समितिले तयार पारेको मस्यौदालाई कांग्रेसको केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने हुन्छ । बैठकले अनुमोदन गरेपछि मात्रै मस्यौदालाई महासमिति बैठकमा लगिनेछ ।

कांग्रेसमा अब एकै प्रकारका सदस्य रहने व्यवस्था नयाँ विधानमा प्रस्ताव गरिएको छ । पदाधिकारी थप गर्ने प्रस्ताव पनि समितिमा छलफल भइरहेको छ ।

कांग्रेसले आफूलाई समय सापेक्ष र संविधानअनुरा अगाडि बढाउन नयाँ विधान बनाउन लागेको छ । नयाँ विधानलाई अनुमोदन गर्न मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी गरेको छ ।

Published : Monday, 2018 October 29, 8:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया