कम्युनिस्ट सरकारले यी ३२ हजार कर्मचारीको पेटमा लात हान्यो

काठमाडौं । कम्युनिस्ट सरकारले हटाएका हजारौं सरकारी अस्थायी कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले सिंहदरबारभित्रै सरकारविरुद्ध नारावाजी गरेका छन् ।

पुनर्वाहलीको माग गर्दै अस्थायी कर्मचारीहरूले सोमबार सिंहदरबारमा धर्ना दिएका हुन् ।

आइतबारदेखि सुरु भएको उनीहरूको आन्दोलनमा २ हजारको संख्यामा कर्मचारी छन् । दशैँअघि नै खारेजीमा परेका उनीहरूले पुनः आन्दोलन चर्काएका छन् ।

शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेका कर्मचारीहरूले तिहारसम्म पनि आफ्ना माग सुनुवाइ नभए आन्दोलन चर्को रुपमा बढाउने चेतावनी दिएका छन् ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले मन्त्रालय र विभाग खारेजीका बेला हज्जारौँ कर्मचारीहरूलाई बर्खास्त गरेको थियो । बर्खास्थमा पर्नेहरू अधिकांश तल्लो तहका कर्मचारी छन् ।

श्रम ऐन अन्तरगत २ सय ४० दिनसम्म सरकारी सेवामा रहेर काम गरेका कर्मचारीलाई स्थायी, महंगी भत्ता बढाउने, बर्खास्तीमा परेकालाई पुनर्वाहली गर्नुपर्ने लगायत ६ बुँदे माग राख्दै उनीहरूले आन्दोलन थालेका छन् ।

देशभरि बर्खास्तमा परेका तथा अन्य ३२ हजार कर्मचारीको साथ रहेको बताइएको छ ।

Published : Monday, 2018 October 29, 1:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया