कांग्रेसले बनायो उपसमितिहरू, होनहार युवाहरूले पाए जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक व्यवस्थापनका लागि विभिन्न ५ वटा उपसमितिहरू बनाइ पूर्णता दिएको छ । कांग्रेसको महासमिति बैठक मंसिर ५ देखि काठमाडौंमा हुँदै छ ।

स्थानीय व्यवस्थापन समितिका संयोजक एवं नेपाली कांग्रेस काठमाडौं जिल्लाका सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा मंगलबार ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

महासमिति बैठकका लागि कांग्रेसले भोजन व्यवस्थापन उपसमिति बनाएको छ । समितिको संयोजकको जिम्मेवारी भक्तपुर कांग्रेसका सचिव उद्धव सिलवाललाई दिइएको छ । सह–संयोजकको जिम्मेवारी कांग्रेस ललितपुरका सचिव भीमसेन घिमिरेले पाएका छन् ।

मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी काठमाडौं कांग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीले पाएका छन् ।

सहसंयोजकको जिम्मेवारी कांग्रेस ललितपुरका कोषाध्यक्ष कर्मा व्यजनकारलाई दिइएको विज्ञप्तिमा उल्लेख छ । सहसंयोजकको जिम्मेवारी भक्तपुर कांग्रेसका कोषाध्यक्ष विजेश अवालले पाएका छन् ।

स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजक ललितपुर कांग्रेसका सचिव भीमसेन घिमिरेलाई दिइएको छ भने सहसंयोजकमा भक्तपुर कांग्रेसका सहसचिव किरण न्यौपानेले पाएका छन् ।

स्थानीय व्यवस्थापन सचिवालय उपसमितिको संयोजक भक्तपुर कांग्रेसका सचिव निशान ढुंगेल बनेका छन् ।

आर्थिक व्यवस्थापन गर्न नेपाली कांग्रेस काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिहरूलाई जिम्मा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2018 October 30, 7:14 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसले बनायो उपसमितिहरू, होनहार युवाहरूले पाए जिम्मेवारी”

  • नयां जोस जागर शीत हिड्नु पर्छ म त अहिले बिदेसी हु तर बिदेस्म भय पनि खुन न्नेपाली र कङेश को बगेको छु जय नेपाल

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया