गाउँका कार्यकर्ताको घरमा पुग्न थाले कांग्रेसका ठूला नेता, खाना खाएपछि गदगद

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले बाँके क्षेत्र नं. ३ को कार्यक्रममा सहभागी हुने क्रममा स्थानीय कार्यकर्ताको घरमा खाना खाएका छन् ।

डा.महतले मंगलबार बिहान पुरुवा गाउँका स्थानीय टीका यादबको घरमा खाना खाएका हुन् । टीका यादब नेपाली कांग्रेसका स्थानीय नेता हुन् । कांग्रेसका कार्यक्रममा सहभागी हुन सह–महामन्त्री डा.महत बाँकेमा पुगेका छन् ।

साधारण परिवारका यादबको घरमा बनाइएको साधारण खाना खाने क्रममा डा.महतले खुसी जनाएका थिए । डा.महतले टीका यादबको परिवारले खाना खुवाएकोमा धन्यावाद दिएका छन् ।

यादबको घरमा खाना खाने क्रममा नेपाली कांग्रेस बाँकेका स्थानीय नेताहरू पनि सहभागी थिए ।

यसअघि नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का पर्सामा आफ्नै पार्टीका दलित नेताको घरमा राति बास बसेका थिए । त्यस बेला महामन्त्री खड्काको प्रशंसा भएको थियो ।

Published : Wednesday, 2018 October 31, 8:47 am

1 प्रतिकृया प्राप्त “गाउँका कार्यकर्ताको घरमा पुग्न थाले कांग्रेसका ठूला नेता, खाना खाएपछि गदगद”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया