यी हुन् गोली हान्ने नेकपाका नेताहरू, सर्लाही कांग्रेसले सार्वजनिक गर्‍यो नाम

मलंगवा । सर्लाही जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको गोली प्रहारबाट नेपाली कांग्रेसका रामविलाश महतोको मृत्यु भएपछि कांग्रेसले कम्युनिस्ट सरकारको आलोचना गरेको छ ।

कांग्रेसका नेता रामविलाश महतोको मंगलबार मृत्यु भएपछि बुधबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि सर्लाही पुगेर दोषीलाई कारबाहीको माग गरेका छन् । कांग्रेसका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय सर्लाही घेराउ पनि गरेका छन् ।

उपसभापति निधिले कांग्रेस कार्यकर्ताका हत्यारालाई संरक्षण गर्न गृहमन्त्रालय र कम्युनिष्ट सरकारले आदेश दिएको आरोप लगाए ।

रामनगर गाउँपालिका–४ का रामविलाश महतोको मृत्यु भएपछि बुधबार दिउँसो सर्लाही सदरमुकाम मलंगवा पुगेर उपसभापति निधिले विरोध जनाएका हुन् ।

‘मैले सुनेअनुसार सरकारको तर्फबाट कसैलाई नसमात्नु हामी मिलाउँछौं भनेर आदेश आएको छ’, निधिनले भने, ‘गृहमन्त्रालय र केपी ओली सरकारको यस्तो रबैयाको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ ।’ सर्लाही अस्पतालमा उपचाररत ८ जना घाइतेसंग पनि उपसभापति निधिले भेटेका थिए ।

कार्यकर्तालाई सम्बोधन गर्दै निधिले घाइतेहरूले आक्रमणकारीको नाम किटानीसाथ भन्दा पनि प्रहरीले गिरफ्तार नगरेर गैरजिम्मेवारपूर्ण व्यबहार देखाएको बताए ।

घाइतेहरूले उपसभापति निधिलाई आक्रमणमा नेकपाका श्रीनारायण राय, नवीनकुमार राय, उपेन्द्र राय, सुरेन्द्र यादब, धर्मेन्द्र साह लगायतको समूह रहेको बताएका छन् ।

अपराधीको पहिचान भइसक्दा पनि प्रहरीले गिरफ्तार नगरेकोमा निधिले आपत्तिजए । उनले यस घटनामा कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

‘हत्या र आक्रमणमा संलग्नहरुलाई सत्तापक्षले आफ्नो समर्थक भनेर जालझेल नगरियोस्’, निधिनले भनेका छन्, ‘जनताले कम्युनिष्ट पार्टीलाई दुईतिहाई मत दिएको जनता र विपक्षीलाई ताकीताकी गोली हान्नका लागि होइन ।’

उपसभापति निधिले घटनाको तत्काल छानवीन गरी दोषीमाथि कार्बाही नगरिए प्रदेश नम्बर २ बाट आन्दोलनको शुरुवात गर्ने चेतावनी दिएका छन् ।

कांग्रेसका उपसमिति निधिले मृतक रामविलाश महतोलाई शहीद घोषणा गर्नुपर्ने, घाइतेको उपचारको व्यबस्था गरिनु पर्ने, क्षतिपूर्तिको तत्काल व्यबस्था गर्नुपर्ने माग अगाडि सारेका छन् ।

उपसभापति निधिसहित कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, आनन्द ढुंगाना, महेन्द्र यादब, जितेन्द्र देव, अमेरशकुमार सिंहले पनि हत्या घटनाको विरोधमा मलंगवमा निकालिएको विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

प्रदर्शनमा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका कांग्रेस जिल्ला सभापति तथा प्रदेश सांसदहरू सहभागी थिए । बिरोध प्रदर्शनपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला सभापतिहरूले दोषीलाई गिरफ्तार गरी कार्बाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

दोषीलाई कारबाहीको दायरमा ल्याउन प्रदेश २ का आठै जिल्लाका जिल्ला प्रशासनमा नेपाली कांग्रेस बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै छ।

Published : Wednesday, 2018 October 31, 10:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया