दशैँको मुखमा कम्युनिस्ट सरकारले जनताका घरहरु भत्काइदियो

काभ्रे । कम्युनिस्ट सरकारले मुआब्जा लिएर पनि सडकछेउको जग्गा नछोडेको भन्दै काभ्रेको साँगामा स्थानीयले बनाएको घरहरुमा डोजर लगाएर भत्काइदिएको छ ।

सोमबार सडक क्षेत्रको घर टहरा हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा केही व्यक्तिहरु घाइते भएका छन् ।

५० वर्षअघि नै मुआब्जा लिइसके पनि साँगा बजारमा सडक छेउका घर हटाइएको थिएन ।

डोजर लगाएर सरकारले भत्काएपछि २०२१ सालमा निर्माण भएको अरनिको राजमार्ग फराकिलो बनाउन सहज भएको छ ।

घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्ग अवरोध गरेर विरोध जनाएका थिए ।

राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सञ्चालक स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र दुई सेल अश्रुग्यास हानेको छ ।

स्थानीय वासिन्दाले हिन्दू नेपालीको ठूलो चाड दशैंको मुखमा कम्युनिस्ट सरकारले खानु न पिउनुको अवस्थामा पुगाएको गुनासो गरेका छन् ।

दशैंपछि आफूहरु स्वेच्छाले छाड्ने तयारी गरे पनि प्रहरी नै लगाएर डोजर चलाएको भन्दै स्थानीयले पीडा पोखे ।

अरनिको राजमार्ग छेउका सडकका घर र जग्गाधनीले सोही समयमा मुआब्जा पाएको भए पनि हालसम्म राजमार्ग छेउछाउ घरटहराले भरिभराउ थिए ।

पूर्वएमालेले जितेको बनेपा नगरपालिका र डिभिजन सडक कार्यालय तथा प्रहरी प्रशासनको सक्रियतामा सडक क्षेत्रको अवैध टहरा हटाउने काम तीब्र रुपमा भइरहेको छ ।

Published : Monday, 2018 October 1, 6:37 pm

1 प्रतिकृया प्राप्त “दशैँको मुखमा कम्युनिस्ट सरकारले जनताका घरहरु भत्काइदियो”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया