सिंगापुरको फोनले ओलीलाई भात मिठो भएन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र भइरहेका निर्णयबारे असन्तुष्टि सार्वजनिक गरेपछि दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कुरा स्थायी समितिबाट निर्णय गराएर जाने आश्वासन दिएका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका दाहालले आइतबार नेता नेपाललाई फोन गरेर निर्णय प्रक्रियामा नेपाललाई एक्ल्याउन नखोजेको र आफू फर्किएपछि सबै निर्णय स्थायी समितिबाट गराउने आश्वासन दिएको नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

पछिल्लो समय नेता नेपालले आफू विदेशमा रहेका बेला प्रदेश इन्चार्ज र अध्यक्षको नियुक्ति गरेकोमा असन्तुष्टि जनाएका छन् ।

स्थायी समितिबाट हुनु पर्नेमा सचिवालयबाट निर्णय गरिएको र आफूसँग भएको सहमति तोडिएकोमा उनले आपत्ति जनाएका छन् ।

यसअघि नेता नेपालले संसदमा सरकारको चर्को आलोचना गरेका थिए । उनले देश डुब्न लागेको बताएका थिए । अर्को दिन उनले पार्टीको निर्णय प्रक्रियाबारे स्थायी समिति सदस्यसँग छलफल गरेका थिए ।

नेपालको यो असन्तुष्टिलाई अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले कुण्ठाको संज्ञा दिएका थिए ।

सिंगापुरबाट प्रचण्डले नेपाललाई फोन गरेपछि अमेरिका र अफ्रिकाको भ्रमणमा रहेका ओलीलाई तनाव भएको छ ।

Published : Monday, 2018 October 1, 9:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया