यी हुन् निर्मला पन्तका हत्याका दोषी, कांग्रेसले दियो दोषीहरुको नाम

डोटी । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे रोशनी बम र बबिता बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गरेका छन् ।

डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेता बलायरले कम्युनिस्ट सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको बताए । सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका पूर्वमन्त्री समेत रहेका बलायरले रोशनी बम र बबिता बम दिदीबहिनीबाट हत्याका बारेमा सबै खुल्ने दाबी गरेका हुन् ।

नेता बलायरले भने, ‘निर्मला पन्तहराएकै राति रोशनी बम र बबिता बम दिदीबहिनीहरुको घरमा छापा मारेको भए निर्मला भरसक जिउँदै नभए शव प्राप्त हुन्थ्यो । तर, प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन ।’

निर्मला १० साउनमा रोशनी बमको घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी वविता मात्र बस्थे । छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबतिाले आफूलाई नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीको पनि गुनासो छ ।

स्थानीयबासीले सुरुदेखि नै बम दिदीबहिनीबाट हत्या प्रकरणको अनुसन्धान गर्नु पर्ने माग गरेका थिए ।

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका पूर्वमन्त्री बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको बताए ।

कांग्रेस नेता बलायरले भने, ‘यो मेरो ठोकुवा हो । निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।’

Published : Monday, 2018 October 1, 10:27 pm

5 प्रतिकृया प्राप्त “यी हुन् निर्मला पन्तका हत्याका दोषी, कांग्रेसले दियो दोषीहरुको नाम”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया