पति विदेशमा रहेका बेला यी महिलाले गरिन् अपराध

जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाले जेठानी हत्या आरोपमा देवरानीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हंसपुर नगरपालिका–८ कि देवरानी २४ वर्षीया विकाकुमारी मण्डल र सोही ठाउँ बस्ने २७ वर्षीया लालबाबु मण्डल छन् ।

दुवै जनाले अवैध सम्बन्ध लुकाउन धनुषाको हंसपुर नगरपालिका–८ कि २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या गरेको प्रहरीको दाबी छ ।

३ असोजमा सञ्जु आफ्नै कोठामा मृत फेला परेपछि थप अनुसन्धान र पोस्टमार्टम रिपोर्ट गरेर हेर्दा हत्या भएको खुलेको थियो ।

पक्राउ परेका विका र लालबाबुले अवैध सम्बन्ध लुकाउन सञ्जुको हत्या गरेको वयान दिएको जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए । विकाको श्रीमान् केही समयदेखि वैदेशिक रोजगारीमा छन् ।

Published : Tuesday, 2018 October 2, 11:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया