नेकपाका सांसदको जोडघटाउ, सूची बनाउँदै नेपाल समूह

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यशैलीबाट आजित भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले सांसदहरुलाई आफ्नो पक्षमा बनाउन लबिङ थालेको गोप्य रहस्य बाहिरिएको छ ।

पूर्वएमाले पृष्ठभूमि भएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र पृष्ठभूमि भएका पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुलाई आआफ्नो पक्षमा ल्याउन लविङ थालेका हुन् । नेपाल र प्रचण्डलाई काउन्टर दिँदै ओली समूहले पनि आफ्ना सांसदहरुलाई नजिक राख्ने प्रयास गरिरहेका छन् ।

नेपाल समूहले दुई दिन अगाडि काठमाडौंमा स्थायी समितिका सदस्यहरुको भेला बेलाएर ओलीविरुद्ध फायर खोलेको छ । नेपालको कदमलाई वामदेव गौतमसहितका ठूला नेताहरुले साथ दिएका छन् ।

नेकपाभित्रको विवाद बढ्दै जाँदा पूर्वएमाले पृष्ठभूमि भएका ४३ जना सांसद र पूर्वमाओवादी केन्द्र पृष्ठभूमि भएका १९ जना सांसदहरुको गोप्य भेला राजधानी भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दवाव दिनका लागि गोप्य भेला भएको छ ।

ओलीले सहज रुपमा प्रधानमन्त्री पदबाट राजीनामा नदिए सामूहिक रुपमा राजीनामा दिएर दवाव दिने योजना ६२ जना सांसदहरुले बनाएका छन् । उनीहरुले ओलीलाई दवाव दिनका लागि हस्ताक्षर अभियान पनि चलाउने तयारी गरेका छन् ।

यदि यस्तै अवस्था रह्यो भने मध्यावधी निर्वाचनसम्मको चर्चा चल्न थालेको छ । सत्ताको खेलामा कांग्रेस भने बाहिर बसेको छ । यस विषयमा नेपाली कांग्रेसले रुचि देखाएको छैन ।

Published : Tuesday, 2018 October 2, 11:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया