यो हो कम्युनिस्टहरुको कर्तुत, कांग्रेसद्धारा भण्डाफोर

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिन अवैधानिक ढंगबाट लिजमा दिएको प्रकरणप्रति आपत्ति जनाएको छ ।

निर्मला हत्याकाण्डको मौका छोपी धमाधम अवैध संरचना निर्माण गरिएको भन्दै कांग्रेसले भीमदत्त नगरपालिकाले रिजर्भ एरियामा बनेका सबै अवैध संरचना तत्काल भत्काउनुपर्ने माग कांग्रेसले गरेको छ ।

कांग्रेसले समितिको जग्गामा बनेका अवैध संरचना भत्काउनुपर्ने माग गरेको छ । कांग्रेसको अडानले महेन्द्रनगरमा भूमाफियाहरुको निद हराम भएको छ ।

सरकारी जग्गा हडप्न नदिने गरेर कांग्रेसले योजना बनाएको छ । कांग्रेसको अडानले कञ्चनपुरमा सर्वत्र प्रशंसा भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा समूहमा भने तनाव उत्पन्न भएको छ । कम्युनिस्टहरुका केही नेता कार्यकर्ता कांग्रेसको अडानविरुद्ध सक्रिय भएका छन् ।

०६४ सालपछि नगर विकास समितिका अध्यक्ष बनेका अधिकांश व्यक्ति नकेपाका जिल्लास्तरीय नेता हुन् । उनीहरुले खल्तीमा लेटरप्याड बोकेर जथाभावी जग्गा लिज भन्दै अर्बौको जग्गा बाँड्ने सम्झौता गरेको आरोप छ ।

करार कानूनको पालना नगरी भएका ती सम्झौता प्रक्रियागत रुपमा नगर विकास समितिको बोर्डबाट समेत अनुमोदन गरिएका छैनन् ।

शुक्रबार महेन्द्रनगरस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कञ्चनपुर कांग्रेसले तत्काल नगर विकास समितिको स्वामित्वमा रहेको जमिन अवैध रुपले लिजमा लिइ निर्माण गरिएका भन्दै निर्माणाधीन सबै संरचना भत्काउन स्थानीय सरकारसँंग माग गरेको छ ।

नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले अवैधानिक संरचना जो सुकैका भएपनि हटाउनुपर्ने चेतावनी दिए ।

सभापति बोहराले लिजका नामका निर्माण भईरहेका संरचना नभत्काइए आन्दोलन गर्ने बताएका छन् ।

Published : Tuesday, 2018 October 2, 9:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया