कम्युनिस्ट सरकारले जनतालाई हदैसम्म दुःख दियोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले कम्युनिस्ट नेतृत्वको दुई तिहाई सरकारले जनतालाई हदैसम्मको दुःख दिएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.महतले सरकारले महँगी नियन्त्रण गर्न नसकेको बताए । ‘महँगी बढेको छ । महँगी बढ्नुमा डलरको भाउ बढ्नु पनि हो । तर, सरकारले त्यसको समाधान खोज्न सकेन’, उनले भने, ‘सरकारले राम्रो व्यवस्थापन गर्न सकेन ।’

संघीयताप्रति असन्तुष्टि जनाएका कांग्रेस नेता डा.महतले भनेका छन्, ‘संघीयता ल्याइ सकेपछि यसलाई व्यवस्थापन गर्नुपर्छ । संघीयता भनेको महँगो व्यवस्था हो । हाम्रो जस्तो सानो मुलुकमा संघीयता ल्याउँदा सबैले जिम्मेवार बनेर सोँच्न सकेनन् ।’

Published : Wednesday, 2018 October 3, 7:13 am

1 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारले जनतालाई हदैसम्म दुःख दियोः कांग्रेस”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया