कांग्रेसका लागि नमूना बन्यो यो परिवार, महामन्त्रीको देशभरि प्रशंसा

वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री एवम् केन्द्रीय बिधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले वीरगञ्जस्थित एक दलित परिवारको घरमा बास बसेका छन् ।

बिधान मस्यौदामा सुझाव संकलन अभियानमा सहभागी हुने क्रममा महामन्त्री खड्का असोज १२ र १३ गते पर्साको लक्षमनवा गाउँको मधेसी दलित बस्तीमा एक रात विताएका हुन् । स्थानीय कांग्रेसका नेता निरञ्जन हजाराको घरमा एक रात बास बसेको महामन्त्री खड्काले बताएका छन् ।

महामन्त्री खड्काले निरञ्जन हजारको घरको एक रातको बास र स्वादिष्ट भोजनको सुवर्ण अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

दलित समुदायले छुवाछुतको ठूलो समस्या भोगीरहेका बेला नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विधान मस्यौदा समितिका संयोजक खड्काले संविधान र कानूनले बन्देज गरेको छुवाछुत प्रथालाई जरैदेखि उखेल्नुपर्छ भन्ने मनोवैज्ञानिक सन्देश दिएका छन् ।

नेपाली कांग्रेसले छुवाछुत अन्त्यका लागि बेलाबेला अभियान नै चलाउने गरेको छ । कम्युनिस्टहरुले जस्तो ढोङ कांग्रेसले नगर्ने गरेको नेताहरुको भनाइ छ ।

यसैबीच, महामन्त्री खड्काले ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा वीरगञ्जमा आन्दोलनकारीका बीच ‘लोकतन्त्र काका’को नामले परिचित ग्रहण ठाकुरसँग पनि भेट गरेका छन् । ठाकुरकै घरमा पुगेर महामन्त्री खड्काले उनको स्वास्थ्य लाभको कामना पनि गरेका हुन् । ठाकुर अस्वस्थ्य छन् ।

Published : Wednesday, 2018 October 3, 10:25 am

1 प्रतिकृया प्राप्त “कांग्रेसका लागि नमूना बन्यो यो परिवार, महामन्त्रीको देशभरि प्रशंसा”

  • जन्मना जायते शुद्र कर्मणा द्विज उच्यते”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया