पाँच किलो सनुसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको बालाजुबाट प्रहरीले पाँच किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरको टोलीले सोमबार बेलुका पाँच किलो सुनसहित एकजनालाई पक्राउ गरेको हो ।

पाँच किलो सुनसहित रसुवाका १८ वर्षका सोबहादुर तामाङलाई पक्राउ गरिएको छ । बालाजुको तीनपिपलेबाट उनलाई पक्राउ गरिएको थियो । प्रहरीले यस सम्बन्धमा बुधबार नै पत्रकार सम्मेलन गर्दैछ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी लामाले बताए । यसअघि गएको मंगलबार तीन किलो सुनसहित प्रहरीले टोखाबाट दुईजनालाई पक्राउ गरेको थियो ।

Published : Wednesday, 2018 October 3, 11:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया