कांग्रेसले अचानक बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न कांग्रेसले असोज १९ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि बोलाइएको छ ।

कम्युनिस्ट सरकारले शान्ति सुरक्षा, महँगी लगायत अराजकता बढावा दिइरहेको गुनासो बढिरहेका बेला कांग्रेसले बैठक बोलाएको छ ।

कांग्रेसको बैठकमा विधान मस्यौदा सुझाव समितिको प्रतिवेदनमा पनि छलफल हुनेछ ।

Published : Wednesday, 2018 October 3, 9:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया